गोगोरोले इलेक्ट्रिक स्कुटरका लागि संचालनमा ल्यायो ४५ वटा ब्याट्री स्वापिङ सेन्टर

काठमाडौं। ताइवानी ब्रान्डको इलेक्ट्रिक स्कुटर कम्पनी गोगोरोले नेपालमा ४५ वटा ब्याट्री स्वापिङ स्टेसन विस्तार गरेको छ। गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता नेबुला इनर्जीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ब्याट्री स्वापिङ स्टेसन राखेको हो। कम्पनीका अनुसार यसले गोगोरोका स्कुटर प्रयोगकर्ताका लागि काठमाडौं उपत्यकामा राइड सजिलो बनाएको छ। अब चालकले ब्याट्रीको चार्जका विषयमा चिन्ता लिनु पर्दैन। प्रत्येक ब्याट्री […] The post गोगोरोले इलेक्ट्रिक स्कुटरका लागि संचालनमा ल्यायो ४५ वटा ब्याट्री स्वापिङ सेन्टर appeared first on BIZMANDU.

काठमाडौं। ताइवानी ब्रान्डको इलेक्ट्रिक स्कुटर कम्पनी गोगोरोले नेपालमा ४५ वटा ब्याट्री स्वापिङ स्टेसन विस्तार गरेको छ। गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता नेबुला इनर्जीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ब्याट्री स्वापिङ स्टेसन राखेको हो।

कम्पनीका अनुसार यसले गोगोरोका स्कुटर प्रयोगकर्ताका लागि काठमाडौं उपत्यकामा राइड सजिलो बनाएको छ। अब चालकले ब्याट्रीको चार्जका विषयमा चिन्ता लिनु पर्दैन। प्रत्येक ब्याट्री स्वापिङ स्टेसन २ देखि ३ किलोमिटरको दुरीमा राखिएका छन्।

कमलपोखरी, पुल्चोक, भैंसेपाटी, चाबहिल, पेप्सीकोला, बुढानिलकण्ठ, थानकोटसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ४५ वटा स्वाप स्टेशन संचालनमा आएका छन्। यिनमा एउटा स्वापिङ स्टेशन बनेपामा पनि छ। ब्याट्री स्वाप गर्न मात्रै १ मिनेटको समय लाग्छ। कम्पनीले अहिले उक्त ब्याट्री स्वापिङ स्टेसनहरु बिगमार्ट, पेट्रोल पम्प र रेस्टुरेन्टमा राखेको छ।

कम्पनीले दुई वटा ठुला स्वापिङ स्टेसन संचालन ल्याएको छ भने प्राय अरु सबै ८ वटा ब्याट्री भएको स्वापिङ स्टेसन राखेको छ। कम्पनीले यसको लागि लगभग ३ करोड रुपैयाँ खर्च गरेको छ।

यसका लागि कम्पनीले गोगोरो एप ल्याएको छ। जसमा स्वापिङदेखि सबै काम गर्न सकिन्छ।

The post गोगोरोले इलेक्ट्रिक स्कुटरका लागि संचालनमा ल्यायो ४५ वटा ब्याट्री स्वापिङ सेन्टर appeared first on BIZMANDU.

Prev Article
ओलीले संसद्लाई गराए थाइल्याण्ड भ्रमणबारे जानकारी, दुई वटा सम्झौता हुने
Next Article
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video