कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँ क्षति, ६४ लाखको सामान नष्ट

काठमाडौं । शुक्रबार राजावादी अराजक समूहले गरेको तोडफोड र लुटपाटबाट कोटेश्वरको भाटभटेनीमा ८० लाख ३३ हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ। तीनकुनेमा आगजनी गर्दै कोटेश्वर पुगेको अराजक भिडले भाटभटेनी सुपरमार्केटमा ढुंगामुढा गरेर भवन र गाडीमा क्षति पुर्‍याएका थिए। त्यसपछि सुपरमार्केट भित्रै पसेर सामानहरु लुटिएको थियो। प्रहरीले तोडफोड र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरेर कारबाही अघि […] The post कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँ क्षति, ६४ लाखको सामान नष्ट appeared first on BIZMANDU.

काठमाडौं । शुक्रबार राजावादी अराजक समूहले गरेको तोडफोड र लुटपाटबाट कोटेश्वरको भाटभटेनीमा ८० लाख ३३ हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ।

तीनकुनेमा आगजनी गर्दै कोटेश्वर पुगेको अराजक भिडले भाटभटेनी सुपरमार्केटमा ढुंगामुढा गरेर भवन र गाडीमा क्षति पुर्‍याएका थिए।

त्यसपछि सुपरमार्केट भित्रै पसेर सामानहरु लुटिएको थियो। प्रहरीले तोडफोड र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ।

तोडफोडबाट भवनमा ११ लाख ८५ हजार बराबरको क्षति पुगेको भाटभटेनीले जनाएको छ। यस्तै, करिब ६४ लाख ८८ हजार रुपैयाँको समान नष्ट भएको छ।

दुई लाख ६५ हजार रुपैयाँको फ्रिजर र शोकेस क्षति पुगेको छ। यस्तै, ९४ हजार रुपैयाँ नगद चोरी भएको छ।

भाटभटेनीले यही रकम बराबर इन्स्योरेन्स दाबी गर्दे भएको छ।

The post कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँ क्षति, ६४ लाखको सामान नष्ट appeared first on BIZMANDU.

Prev Article
ईद मुबारक : मस्जिदमा नमाज पछि अंकमाल गर्दै शुभकामना साटासाट (तस्विरहरु)
Next Article
विभाग एक्सनमा उत्रिँदा सिमेन्ट बोराको १५ देखि २५ रुपैयाँ सस्तियो, छडमा पनि घट्ने संकेत

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video