टरिगाउँ विमानस्थलमा आजदेखि हवाई सेवा सुरु, सोमबारमात्रै उडान हुने

काठमाडौं । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ। आजबाट हवाई सेवा फेरि सुरु भएको छ। यससँगै अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए। उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताएका छन्। विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ। यस पटक […] The post टरिगाउँ विमानस्थलमा आजदेखि हवाई सेवा सुरु, सोमबारमात्रै उडान हुने appeared first on BIZMANDU.

काठमाडौं । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ।

आजबाट हवाई सेवा फेरि सुरु भएको छ। यससँगै अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए।

उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताएका छन्।

विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ। यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो।

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगंज वा भैरहवा जानुपर्ने बाध्यता छ। विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन्। अहिले १९ सिटे जहाज मात्रै संचालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगंज जानुपर्ने अवस्था रहेको हो।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ। उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ। रासस

The post टरिगाउँ विमानस्थलमा आजदेखि हवाई सेवा सुरु, सोमबारमात्रै उडान हुने appeared first on BIZMANDU.

Prev Article
कुलमानको बर्खास्तगीमा ओलीको जवाफ- मन्त्रीप्रति लोयल भएनन्, माओवादी र रास्वपाको आपत्ति
Next Article
अमेरिकी कर नीति सर्वाधिक व्यापार असन्तुलन भएका देशमात्र नभई सबैका लागि : ट्रम्प

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video