लेनदेन विवादमा साथीको हत्या- गाडेको अवस्थामा भेटियो शव, ६ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा गाडिएको अवस्थामा मृत भेटिएका एक किशोरको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका-८ घर भई गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल चैत ११ देखि हराएको भन्दै बौद्ध प्रहरीमा उजुरी परेको थियो । प्रहरीले शुक्रबार माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा राहुलको शव फेला […]

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा गाडिएको अवस्थामा मृत भेटिएका एक किशोरको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका-८ घर भई गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल चैत ११ देखि हराएको भन्दै बौद्ध प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले शुक्रबार माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा राहुलको शव फेला पारेको थियो ।

उनको हत्यामा संलग्न आरोपमा पक्राउ परेकाहरूमा सर्लाही चक्रघट्टा घर भई गोकर्णेश्वर बस्ने २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वरमै बस्दै आएकाहरू १८ वर्षीय विजय यादव, १८ वर्षकै करनकुमार महतो, ४५ वर्षीय उत्तम मण्डल, सर्लाहीका २३ वर्षीय जोधन मण्डल छन् । भारत बिहार घर भई दक्षिणढोका बस्दै आएका २९ वर्षीय सुनिल शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको विषयलाई लिएर राहुलको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको उनले बताए ।

Prev Article
शंकास्पद कारोबार २४ प्रतिशतले बढ्यो
Next Article
कजारियाको नयाँ सोरुम धनगढीको सहिद चोकमा

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video