शंकास्पद कारोबार २४ प्रतिशतले बढ्यो

काठमाडौं । शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमा वृद्धि भएको छ । एक वर्षमै यस्तो सङ्ख्या २४ प्रतिशतले बढेको हाे । नेपाल राष्ट्र बैंकका अनुसार शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ५ हजार ९३५ रहेको थियो । उक्त सङ्ख्या आव २०८०/८१ मा करिब २४ प्रतिशतले वृद्धि भई ७ हजार ३३८ पुगेको छ […]

काठमाडौं । शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमा वृद्धि भएको छ । एक वर्षमै यस्तो सङ्ख्या २४ प्रतिशतले बढेको हाे ।

नेपाल राष्ट्र बैंकका अनुसार शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ५ हजार ९३५ रहेको थियो । उक्त सङ्ख्या आव २०८०/८१ मा करिब २४ प्रतिशतले वृद्धि भई ७ हजार ३३८ पुगेको छ ।

यसरी प्राप्त गरिएका अधिकांश शंकास्पद कारोबार र गतिविधि प्रतिवेदनहरू कर छलीसम्बन्धी, मौद्रिक र बैंकिङ्ग र विदेशी विनिमय बीमा/सहकारी सम्बन्धी, ठगीसम्बन्धी, चिठ्ठा/जुवा/सट्टेबाजीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङ्गका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने, अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा सङ्ख्या १ हजार ६३९ पुगेको छ ।

सूचक संस्थाहरूले इकाईमा पेस गरेको सीमा कारोबारको सङ्ख्या आव २०७९/८० मा १६ लाख ९८ हजार ३९८ रहेकोमा आव २०८/८१ मा सो सङ्ख्या १६ लाख ९७ हजार ७१२ रहेको छ ।

प्राप्त शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई आव २०८०/८१ मा जम्मा विश्लेषण भएको सङ्ख्या १ हजार ६३२ पुगेकोमा सोमध्ये ८८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

Prev Article
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री
Next Article
लेनदेन विवादमा साथीको हत्या- गाडेको अवस्थामा भेटियो शव, ६ जना पक्राउ

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video