ईद (ईद–उल–फित्र) अवसरमा प्रदेश प्रमुखको शुभकामना

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका असल परम्परालाई अनुशरण गर्नुपर्ने बताएका छन् । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद–उल–फित्र) अवसरमा शुभकामना सन्देश दिँदै उनले सबै धर्मको सकारात्मक पक्ष अनुशरण गर्नुपर्ने बताएका हुन् । ‘यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ,’ शुुभकामना सन्देशमा छ, ‘यस पर्वसँग जोडिएको यस...

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका असल परम्परालाई अनुशरण गर्नुपर्ने बताएका छन् । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद–उल–फित्र) अवसरमा शुभकामना सन्देश दिँदै उनले सबै धर्मको सकारात्मक पक्ष अनुशरण गर्नुपर्ने बताएका हुन् ।

‘यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ,’ शुुभकामना सन्देशमा छ, ‘यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ ।’

विविधतामा एकता नेपालीको विशिष्ट पहिचान भएको बताउँदै उनले विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान रहेको जनाए ।

रमजानको तीस दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट ईद अर्थात् ईद–उल–फित्र मनाउने प्रचलन छ । यो पर्व नेपाल लगायत विश्वभरिकै मुस्लिम समुदायको महान् पर्वको रुपमा मनाइदैँ आएको छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदान प्रदान गरिनुका साथै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

Prev Article
गुुरुकुल विद्यासदनमा बिदाइ
Next Article
संसद्मा मुख्यमन्त्रीलाई प्रश्नैप्रश्न– फेवाताल मापदण्डदेखि अपांगतामैत्री संरचनासम्म

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video