आपराधिक घटनामा संलग्न पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन्।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै चैत १५ गते राजावादीहरूले आपराधिक घटना गरेको भन्दै पूर्वराजाले पनि उन्मुक्ति नपाउने बताए।

उनले भने, ‘आपराधिक घटनामा संलग्न कसैले उन्मुक्ति पाउँदैन। यसमा पूर्वराजाले पनि पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्षाहन गर्ने जनकमाण्डर, इतिहासले कुनमा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजन लुटपाट गर्ने व्यक्ति चुपचाप कसरी हुनसक्छ।’

उनले यो सबै घटनाको जिम्मेवार पूर्वराजा नै भएको दाबी गरे।

Prev Article
प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)
Next Article
लगातार उकालो लाग्दै सुनको मूल्य, तोलामा ११ सयले बढ्यो

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video