प्रधानमन्त्रीले पूर्वराजाप्रति दिएको अभिव्यक्तिमा राप्रपाको आपत्ति, संसदको रेकडबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हटाउन माग गरेका हुन्। उनले फागुन २५ गते पुर्वराजालाई कथित स्वागत गरेको भन्ने अभिव्यक्ति दिएकोप्रति शाहीले आपत्ति जनाए। प्रधानमन्त्रीले तत्कालिन राजा ज्ञानेन्द्र […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हटाउन माग गरेका हुन्।

उनले फागुन २५ गते पुर्वराजालाई कथित स्वागत गरेको भन्ने अभिव्यक्ति दिएकोप्रति शाहीले आपत्ति जनाए।

प्रधानमन्त्रीले तत्कालिन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै वक्तव्यवाजी गरेको टिप्पणी गरेका थिए।

प्रधानमन्त्रीले भनेका थिए, ‘त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमाण्डर” तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो ।’

Prev Article
गणतन्त्रवादी बैठकमा रास्वपा किन गएन ? एमालेसँगै राखिएको थियो नेमप्लेटसहितको कुर्सी
Next Article
प्रधानमन्त्रीले तीनकुने घटनाको मूल जिम्मेवार पूर्वराजा भनेपछि राप्रपाको कडा प्रतिवाद, संसदमा तनाव (भिडिओ)

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video