ज्ञानेन्द्र शाहीको अभिव्यक्तिमा आपत्ति जनाउँदै एमालेले भन्यो- रेकर्डबाट हटाइयोस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री केपी ओली बोलिरहेको बेलामा विपक्षी दलहरूका सांसदहरूले संविधान र संसदीय नियमावलीको विरुद्ध गतिविधि गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै राजावादी हुँ भन्दै गणतन्त्रवादीहरूलाई हुक्कार गर्ने छुट कसैलाई नभएको बताए । उनले राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसदमा राखेको अभिव्यक्ति आपत्तिजनक भएको बताए । उनले भने, […]

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री केपी ओली बोलिरहेको बेलामा विपक्षी दलहरूका सांसदहरूले संविधान र संसदीय नियमावलीको विरुद्ध गतिविधि गरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै राजावादी हुँ भन्दै गणतन्त्रवादीहरूलाई हुक्कार गर्ने छुट कसैलाई नभएको बताए ।

उनले राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसदमा राखेको अभिव्यक्ति आपत्तिजनक भएको बताए । उनले भने, ‘यो संसद संविधान अनुसार अगाडि बढाइयोस्, उहाँले बोलेको खेदजनक छ। तीनलाई खारेज गरियोस्, रेकर्डबाट हटाउन माग गर्दछु ।’

सांसद शाहीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रेकडबाट हटाउन माग गरेका थिए ।

बर्तौँलाले सभामुखले पनि नियमविपरीत सांसद शाहीले बोल्न दिएको भन्दै आपत्ति समेत जनाए ।

Prev Article
ज्ञानेन्द्र शाहले सम्झौता उल्लंघन गरे, शासक बन्ने मनसुबा भएको व्यक्ति सिरकभित्र चुपचाप किन ? (भिडिओ)
Next Article
गणतन्त्रवादी बैठकमा रास्वपा किन गएन ? एमालेसँगै राखिएको थियो नेमप्लेटसहितको कुर्सी

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video